सुर्खेत। सुर्खेतकोे एउटा मतदान केन्द्रमा प्रतिनिधिसभाको मतपत्र प्रदेशसभातर्फको मतपेटिकामा खसाल्दा मतदान रोकिएको छ । सिम्ता गाउँपालिकाको ६ स्थित सिम्ता बहुमुखी क्याम्पसको मतदान केन्द्रमा प्रदेश सभातर्फको मतपत्रमा प्रतिनिधि सभाको मतपत्र भेटिएपछि मतदान स्थगित भएको हो । प्रदेशसभाको मतपत्रमा प्रतिनिधिसभातर्फको एक सय मत खसेपछि विवाद उत्पन्न भएको हो । जसकारण मतदान प्रक्रिया दिउँसो साँढे १२ बजेदेखि रोकिएको छ । सर्वदलीय बैठक बोलाएर मतदान सुचारू गर्ने प्रयास भईरहेको सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ का मुख्य निर्वाचन अधिकृत उपेन्द्र केशर खनालले जानकारी दिए । सुर्खेतमा हालसम्म ५० प्रतिशत भन्दा वढी मत खसिसकेको छ।


दर्शन खबर । ४ मंसिर २०७९, आईतवार