सुर्खेतमा ५० प्रतिशत मत खस्यो

सुर्खेत। प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि जारी मतदानमा सुर्खेतमा ५० प्रतिशत मत खसेको छ । दिउँसो १ बजेसम्म सुर्खेतमा ५० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ । सुर्खेतमा एक सय ३९ वटा मतदान स्थल र २९३ मतदान केन्द्र छन् । दुई वटा प्रतिनिधि सभा र चार वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा दुई लाख ४३ हजार ६१४ मतदाता रहेका छन । सुर्खेत क्षेत्र नम्बर १ मा एक लाख २० हजार ९ सय ४० र क्षेत्र नम्बर २ मा एक लाख २२ हजार ६ सय ७४ मतदाता रहेका छन । आइतबार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहनेछ ।


तपाईको प्रतिक्रिया