
सुर्खेत । अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष पन्चा सिंहले एमाले अध्यक्ष केपी शर्मा ओली र ‘भेलु बाजे’को हैसियत एउटै भएको टिप्पणी गरेकी छन् । वाम लोकतान्त्रिक गठबन्धनले बिहिवार सुर्खेत वीरेन्द्रनगर घण्टाघर चोकमा आयोजना गरेको संयुक्त चुनावी आमसभामा उनले यस्तो बताएकी हुन । ‘नेपाली रङ्गमञ्चमा आज दुई जना पात्र भाइरल भइरहेका छन, एउटा एमाले अध्यक्ष ओली र अर्काे भेलु बाजे,’ उनले भनिन, ‘भेलु बाजेको रङ्गमञ्चमा नाटक गर्ने पेसा हो भने ओली राजनीतिक हैसियतबाट च्युत भएर भेलु बाजेको हैसियतमा हुनुहुन्छ र भेलु बाजेको हैसियतबाट नाटक मञ्चन गरिरहनुभएको छ ।’
सिंहले ओलीले गठबन्धनको भविष्यवाणी गरिरहेको भन्दै एमालेकै ध्यान दिन सुझाव पनि दिइन । उनले भनिन, ‘उहाँ ओलीले भविष्यवाणी गर्दै हुनुहुन्छ । गठबन्धन होइन, एमालेको आयु त उतिबेला नै सकिएको हो । जतिबेला ओली बालुवाटारबाट बालकोट गएका थिए, उनले थपिन एमालेको आयु त उतिबेला सकिएको हो जतिबेला प्रदेशका मुख्यमन्त्री घर घरमा गए । राजनीतिक नेतृत्वबाट च्युत भएर भेलु बाजेको हैसियतमा प्रवेश गरेका ओलीले गठबन्धनको भविष्यवाणी गर्नुको औचित्य नरहेको उनले बताइन् ।
भिडियो हेर्नुहोस् ।


दर्शन खबर । १ मंसिर २०७९, बिहीबार