गठबन्धन रहरले होईन,ओलीको अहंकारले जन्माएको हो : उपसभापति खड्का (भिडियो सहित)

 सुर्खेत । नेपाली कांग्रेसका उपसभापति एवम सुर्खेत क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार पुर्ण बहादुर खड्काले गठबन्धन रहर नभई ओलीको अहंकारले जन्माएर बनेको टिप्पणी गरेका छन । लोकतान्त्रिक–वाम गठबन्धनले बिहिबार सुर्खेतको वीरेन्द्रनगर घण्टाघर चोकमा आयोजना गरेको संयुक्त चुनावी आमसभालाई सम्बोधन गर्दै उपसभापति खड्काले भने गठबन्धन कुनै दलहरुको रहरले बनेको होईन, रातारात चुनाव जित्न पनि यो गठबन्धन बनेको होईन, एमालेको प्रतिगमन र, व्यक्ति केन्द्रित शासन चलाउने प्रवृत्ति अन्त्य गर्नका लागि बनेको हो । उनले मंसिर ४ पछि सरकारले बजेट छुट्याउँदा कर्णालीलाई पहिलो प्राथमिकता दिने गरी दलहरुबीच सहमति भएको बताएका छन ।
उनले एमाले अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा आफूलाई जनताभन्दा माथि ठान्दै व्यक्तिवादी शासनमार्फत अलोकतान्त्रिक कदम चाल्न थालेपछि दलहरु सडकमा आएको र त्यही सडक आन्दोलनमार्फत गठबन्धनको सिर्जना भएको बताए । ओलीले मुलुकको संविधान देश भन्दा माथि सोच्ने सर्वसत्तावादी शासन गर्न खोज्ने मनसायबाट ओली अघि बढेको उनले टिप्पणी गरे । साथै खड्काले कर्णाली प्रदेशको छुट्टै नक्सा जारी गर्नका लागि आफ्नो ठुलो भूमिका रहेको दाबी समेत गरे । उनले भने ु२०७४ मा एमाले अध्यक्ष ओलीले चुनाव जित्न रातारात गरेको गठबन्धन जस्तो यो गठबन्धन होईन । हाम्रो यो गठबन्धन भनेको १५र२० वर्षसम्म रहन्छ।ु उनले केपी ओलीको प्रतिगमनलाई साथ दिनेकी सत्तारुढ गठबन्धनको अग्रगमनलाई साथ दिने भन्ने कुरा जनताको हातमा रहेको र ओलीको अहंकारी दम्भ अझै नरोकिएको आरोप लगाएका छन् ।

भिडियो हेर्नुहोस् ।


तपाईको प्रतिक्रिया