
सुर्खेत । मंसिर १ गते राति १२ बजेबाट प्रचार–प्रसार तथा चुनावी सभाको समय सकिएसँगै ‘स्थिर समय’ सुरु हुने भएको छ । यसै समयलाई मध्यनजर गर्दै दर्शन खबरले सुर्खेत क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार हृदयराम थानीसँग कुराकानी गर्दै गर्दा थानीले अहिलेको निर्वाचनमा मलाई जिताएमा जनता अनुसार काम गर्ने बताएका छन् । ‘मलाई जिताउनुहोस् म तपाईले भने अनुसार काम गर्ने छु तपाई रेकर्ड गरी राख्नुहोस् ।’ उनले सुर्खेतमा जति समस्या छन् ति सबै समस्या अहिले सम्म समाधान हुने थिए । आम मतदाताले नेपाली काग्रेसलाई जिताउन नसकेर उक्त समस्या अहिलेसम्म पनि समाधान हुन् नसकेको जिकिर गरेका छन् ।
‘ म २०७० सालको निर्वाचनमा विजयी भए र जनताले भने अनुसार जनताका आम समस्याहरुहरु पुरा गरे । उनले भने ‘अवको निर्वाचनमा पनि मलाई जिताउनुहोस् म अनुभवी हो, मैले धेरैका समस्या बुझेको छु ।’ अहिले सम्म वीरेन्द्रनगर नगरपालिकामा कसैको पनि आँखा गएको छैन । २०२९ सालदेखि नगरपालिका बनेको वीरेन्द्रनगरलाई म निर्वाचित भएमा उपमहानगरपालिका बनाउन दिन रात लागि पर्ने छु’उनले भने
भिडियो हेर्नुहोस् ।


दर्शन खबर । १ मंसिर २०७९, बिहीबार