जनताको सहभागितामा रुकुमको आर्थिक सम्बृद्धि : जनार्दन शर्मा

रुकुम। अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले जनताको सहभागितामा रुकुमलाई आर्थिक सम्बृद्धिको बाटोमा अघि बढाइने बताउनुभएको छ  बिहीबार रुकुम पश्चिमको चौरजहारीमा आयोजित चुनावी सभामा बोल्दै शर्माले जनतालाई उत्पादनमा लगाउने र कृषिमा आधारित उद्योग स्थापना गरेर आर्थिक सम्बृद्धि र गरिबी अन्त्य गरिने बताउनुभयो । उहाँले यसअघि दलहरूकै सहमतीमा रुकुम एकीकृत विकास मोडेल तयार भएर समाजवादको यात्रा तय भएको र अबको लक्ष्य आर्थिक सम्बृद्धि नै भएको बताउनुभयो। साथै उहाँले रुकुममा अब विकास पार्टी बनाउने प्रस्ताव समेत अघि सार्नुभएको छ । ‘यो दल, उ दल भन्दापनि अहिले हामी गठबन्धनमा छौँ, अब विकास पार्टी बनाउ र त्यसको नेतृत्व गोपाल जीजंग दाइले गर्नुपर्छ,’उहाँले भन्नुभयो, ‘अब यहाँ बाटो, पानीको मुहान खन्ने ठाउँमा विवाद हुने छैन, सामाजिक सांस्कृतिक अभियानले सामाजिक मेलमिलापको भूमिका निर्वाह गर्ने छ ।’


तपाईको प्रतिक्रिया