सुर्खेत प्रशासनद्वारा एक साताका लागि सेवा प्रवाह स्थगित

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले अत्याआवश्यक सेवा बाहेकका सबै सेवाहरु एक साताको लागि स्थगित गरेको छ । प्रशासनले मंगलवार एक सूचना जारी गर्दै मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यहरुको निर्वाचनका लागि कार्यालयबाट कर्मचारीहरु विभिन्न स्थानमा खटिई जानुपर्दा कर्मचारी अभाव हुने हुदाँ कात्तिक ३० गतेदेखि मंसिर ५ गते सम्मका लागि अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरु स्थगन गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बताए ।कात्तिक ३० गते देखि मंसिर ५ गते सम्मका लागि अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरु स्थगन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र बहादुर मल्लको हस्ताक्षरित सूचनामा भनिएको छ ।



तपाईको प्रतिक्रिया