
सुर्खेत। राष्ट्रिय स्वतन्त्र पार्टी सुर्खेत क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार टेक बहादुर चुनाराले मंसिर ४ को निर्वाचन जित्न सकेमा भ्रष्टचार शुन्यमा झार्ने दावी गरेका छन् । मंगलवार दर्शनखबरसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । उनले मंसिर ४ को निर्वाचनमा मतदाताले आफुलाई जिताएमा प्रदेशमा प्रयोग गरिएका सरकारी गाडिहरुलाई वडा वडामा एम्बुलेन्सको रुपमा प्रयोगमा लगाउने प्रतिवद्धता व्यक्त गरेका छन् । विगतका राजनितिक दलहरुले युवाहरुलाई बाहिरी देशमा पठाउने कम्पनी खोलेको आरोप लगाएका छन् । साथै यसलाई रोक्न, बन्द गर्न र विदेशमा रहेका युवाहरुलाई नेपालमै रोजगार दिन स्वतन्त्र पार्टीले जित्नु पर्ने आवश्यक रहेको जिकिर गरे ।
उनले भने “राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचित भएमा विद्यालयमा पढ्दै कमाउँदै व्यवसायिक शिक्षा लागु गर्ने छ, उनले थपे मतदाताले मलाई जिताउछन् । म घरदैलो गर्दै गर्दा बुढापाकाले पुराना राजनितिक दलहरुबाट हामी दिक्क भयौ अब नयाँ युवाहरुको स्वाद चाख्न मन लागेको छ ।” सुर्खेत क्षेत्र नम्वर २ मा सडक, खानेपानी, स्वास्थ्य, शिक्षा लगायतका समस्याहरु पुर्ण रुपमा पाँच वर्षपछि सुधार ल्याउने उनले आश्वासन दिएका छन् । चुनाराले विगतका राजनितिक दलहरुले ३२ वर्ष सम्म पनि गर्न नसकेका काम आफुले पाँच वर्षमा ५० प्रतिशत गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।


दर्शन खबर । ३० कार्तिक २०७९, बुधबार