निर्वाचनका लागि सरकारले दियो सार्वजनिक विदा

काठमाण्डौँ । सरकारले आगामी निर्वाचनका लागि मंसिर ४ र ५ गतेसम्म सार्वजनिक विदा दिने निर्णय गरेको छ ।गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले मंगलबार एक सूचना जारी गर्दै मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि दुई दिन सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिए । मतदानस्थल रहेका शिक्षण संस्था र सरकारी कार्यालयहरू भने मंसिर २ गतेदेखि ५ गतेसम्म बन्द हुने गृह मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

तपाईको प्रतिक्रिया