यु–१९ कर्णाली प्रदेश स्तरीय छनौट : फाइनल खेल भोलि सुर्खेत र रुकुम बिच हुने 

कुलेन्द्र शाही सुर्खेत । मंसिर ६ गते काठमाण्डौँमा हुन लागेको वाईवाई यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लागि कर्णाली प्रदेश स्तरीय छनौट प्रतियोगिता सुर्खेतमा सञ्चालन भएको छ । सुर्खेत जिल्ला क्रिकेट संघको आयोजनामा २७ गतेदेखि वीरेन्द्रनगरको कालिन्चोक रङ्गशालामा कर्णालीका ५ जिल्लाका यु–१९ खेलाडीलाई बोलाएर छनौट प्रतियोगिता सञ्चालन गरिएको हो । उक्त छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई कर्णाली प्रदेशको टोली घोषणा गरिनेछ । प्रतियोगिताको पहिलो खेलमा सुर्खेतले सल्यानमाथि ९० रनको रोमाञ्चक जित निकालेको थियो । दोस्रो खेलमा दैलेखले रुकुम पश्चिमलाई ७ विकेटले हराएको थियो ।

यस्तै तेस्रो खेलमा दैलेखले कालिकोटलाई ८ विकेटले हराएको थियो । यस्तै मंगलवार भएको पहिलो सेमिफाईनलमा रुकुम र सल्यान बिच भएको खेलमा रुकुम ८ विकेटले विजयी भएको छ । पहिले ब्याटिङ्ग गर्ने निर्णय गरेको सल्यानले १३.२ ओभरमा आफ्नो १० विकेट गुमाई ६८ रन बनाउन सफल भएको थियो । जसमा सल्यानका अनिरुद्द कुवरले १३ रन र सुमन वडेलले १२ रन बनाउन सफल भएका थिए । त्यसैगरी बलिङ्ग तर्फ रुकुमका गोपाल के सी ले ३ विकेट र गणेश डडेल ले २ विकेट लिन सफल भएका थिए ।  जवाफमा ६९ रनको लक्ष्य लिएर मैदानमा उत्रिको रुकुमले ६.१ ओभरमा आफ्नो २ विकेट गुमाई ६९ रन बनाउन सफल भएको थियो ।

जसमा धैर्यपुर्ण ब्याटिङ्गको नमुना प्रस्तुत गर्दै रुकुमका महेश के सी ले ३१ रन र अर्जुन घर्तीले १६ न जोड्न सफल भएका थिए । त्यसैगरी बलिङ्ग तर्फ सल्यानका जेनिश वुढाथोकी ले १ विकेट र सुमन वड्लले १ विकेट लिन सफल भएका थिए । सो खेलमा रुकुमका गोपाल के सी ले १२ रन र ३ विकेटको मदतले म्यान अफ द म्याच घाषित भएको सुर्खेत जिल्ला क्रिकेट सघंका अध्यक्ष श्रीधर के सी ले जानकारी दिए । यस्तै मंगलवार नै भएको दोस्रो सेमिफाइनल खेलमा सुर्खेत ७७ रनले विजयी भएको छ । सुर्खेत र दैलेख बिच भएको खेलमा सुर्खेतले दैलेखलाई ७७ रनले हराएको हो ।

टस जिते पहिले व्याटिङ्ग गरेको सुर्खेतले २० ओभरमा आफ्नो ६ विकेट गुमाई १७१ रन बनाउन सफल भयो । जसमा सुर्खेतका मनिश थापाले ४५ रन र रोशन कसेरा ले ४५ रन बनाउन सफल भएका थिए । त्यसै गरी बलिङ्ग तर्फ दैलेखका विनित खत्रीले २ विकेट र हिम्मत जगं शाहीले १ विकेट लिन सफल भएका थिए । जवाफमा १७२ रनको लक्ष्य लिएर मैदानमा उत्रेको दैलेखले १६.४ ओभरमा आफ्नो १० विकेट गुमाई ९४ रन बनाउन सफल भएको थियो ।  जसमा धैर्यपुर्ण ब्याटिङ्गको नमुना प्रस्तुत गर्दै दैलेखका खेमराज खड्का १४ रन जोड्न सफल भएका थिए ।
त्यसैगरी बलिङ्ग तर्फ सुर्खेतका युवाराज पङ्गालीले ४ विकेट र सन्दिप शाही ले २ विकेट लिन सफल भएका थिए । सो खेलमा सुर्खेतका युवराज पङ्गालीले ३ रन र ४ विकेटको मदतले म्यान अफ द म्याच घोषित भएको अध्यक्ष के सी ले जानकारी दिए । अब फाइनल खेल सुर्खेत र रुकुम बिच बुधवार बिहान ९ बजे हुने छ ।

तपाईको प्रतिक्रिया