मतपेटिका ढुवानीका लागि सेनाको हेलिकोप्टर हुम्ला पुग्यो

काठमाण्डौँ । मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सामग्री ढुवानी गर्न नेपाली सेनाको हेलिकप्टर हुम्ला पुगेको छ । उत्तरी नाम्खा गाउँपालिका–६ को लिमिका तीन मतदान केन्द्रमा नेपाली सेनाको हेलिकप्टरबाट निर्वाचनमा खटिने कर्मचारीसहित मतपेटिका र मतपत्र ढुवानी गर्न थालेको हो । पाँच हजार दुई फिट हिमपातले न्यालु लेख बाटो अवरुद्ध भएपछि कर्मचारी र मतपत्र ढुवानीका लागि नेपाली सेनाको हेलिकप्टर हुम्ला पुगेको जिल्ला निर्वाचन कार्यालय हुम्लाका निमित्त निर्वाचन अधिकारी श्याम बहादुर रानाले जानकारी दिए । लिमिका तीन मतदान केन्द्र हल्जी,जाङ, तिल मतदान केन्द्रका लागि नेपाली सेनाको एमआइ १७बाट कर्मचारी र निर्वाचन सामग्री लिमि जाने निमित्त निर्वाचन अधिकारी रानाले बताए ।नयाँ पत्रिका दैनिक


तपाईको प्रतिक्रिया