मलाई जिताउनुहोस् म रैथाने हुँ : खिम बहादुर शाही

जाजरकोट। चुनाव आउन अब  केही दिन बाँकी छ । उम्मेदवारहरुले विभिन्न एजेण्डा लिएर चुनाव लक्षित घरदैलो अभियानलाई तिब्र गतिमा अघी बढाईरहेका छन । घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई तिव्रता दिए पनि प्राय उम्मेदवारहरुको पुरानै अनुहार तथा पुरानै एजेण्डा लिएर मतदाताको घरदैलोमा दौडधुप गरिरहेका छन् । जाजरकोट क्षेत्र नम्बर २ ख बाट नेकपा एमालेका प्रदेशसभा सदस्य पदका उम्मेदवार खिम बहादुर शाही पनि पनि यतिवेला आमसभा, घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा व्यस्त छन् । उनले विकास, शिक्षा, रोजगार, र स्वास्थ्यलाई मुख्य चुनावी एजेण्डा बनाएर अहिले मतदाताको घरघरमा पुग्न थालेका छन् । निर्वाचन क्षेत्रमा भए गरेका विकासका काम र आगामी दिनमा गर्नुपर्ने कामको बारेमा मतदाताहरुसँग छलफल गर्ने क्रममा विकास नै आफ्नो सबैभन्दा ठुलो एजेण्डा रहेको बताउने गरेका छन । दर्शन खबर सगंँ कुराकानी गर्दैँ शाहीले शिक्षाको क्षेत्रको गुणस्तरमा वृद्धी गर्ने, जनताले मत दिई संसदमा पुगेको अवस्थामा बोलेर भन्दा काम गरेर देखाउने दावी गरेका छन् । शाहीले विगत २०४७ सालदेखि राजनिति क्षेत्रमा लागेको बताउँदै जाजरकोटको भुगोल, दिगो विकासको लक्ष्य, योजना तर्जु जस्ता काममा आफु अव्बल भएको बताए । उनले भने “म स्थानिय उम्मेदवार हुँ म निर्वाचित भए पनि नभए पनि जनताका समस्याका लागि सधै तत्पर रहने छु” । उनले आम जाजरकोटीको समस्या नै आफ्नो समस्या भएको तथा आफु पार्टीगत नभई रैथाने भएको जिकिर गरे । एमालेका उम्मेद्वारलाई विजयी गराएको खण्डमा जाजरकोटको पूर्वाधार विकासमा ठूलो फड्को मार्ने दावी गरे ।

के छन त शाहीका प्रतिवद्धता ?
उनले केही अघि जाजरकोटको विकासका लागि आफ्नो चुनावी प्रतिवद्धता सार्वजनिक गरे । उनले प्रतिवद्धता सार्वजनिक गर्दै कर्णाली प्रदेशको नितिगत व्यवस्थापनमा पहल कदमी गरीने प्रमुख उजेण्डा रहेको बताए । यस्तै जाजरकोटको प्रमुख समस्या भनेको हो । यातायातलाई भरपर्दो र दीगोे बनाउने, प्राकृतिक तथा संस्कृतिक सम्पदाको संरक्षण, विकास र सम्बद्र्धन गरीने, पर्वा पर्यटन संस्कृतिक, पर्यटन क्षेत्रको विकास र सम्बर्धन गरीने, आर्थिक रुपातरणमा र व्यवसायिकरणमा जोड दिईने, गुणस्तरीय शिक्षाका लागि पूर्वाधारमा जोड दिइने प्रतिवद्धतापत्रमा उल्लेख गरेका छन् । यस्तै सर्वसुलभ स्वास्थ्य सेवा विस्तार, यसमा जनताको पहुँच अभिवृद्धि गरीने, आर्थिक, सामाजिक क्षेत्रमा भएको मुद्दाहरुमा अगुवाई गरी सामाजिक न्याय स्थापीत गरीने, सूचना प्रवृतिमा भएका बाधाहरु निषेध गरी सेवा विस्तारमा जोड दिइने, ग्रामीण विद्यतिकरणमा जोड दिइने, खनिज सम्पदाहरुको संरक्षण र यसको उचित व्यवस्थापनमा जोड दिइने, वन पैदावारमा आधारीत उद्योग संचालनमा जोड दिइने, मत्स्यपालन व्यवसाय मार्फत छेडागाडको माछा ब्राण्ड निमार्ण गरी यसलाई बजारीकरण गरीने, पशु तथा फलफुल जन्य उत्पादनमा वृद्धि र सोमा आधारीत उद्योग, बजारिकरण र बजार व्यवस्थापनमा जोड दिइने, सामाजिक असमानता र भेदभावको अन्त्यका लागि पहल कदमी अगाडी बढाईने प्रतिवद्धतामा जनाएका छन् ।

तपाईको प्रतिक्रिया