निर्वाचन हुनु भन्दा अगाडि नै जितिसकेको महसुस गरेको छु : विसि (भिडियोसहित) 

सुर्खेत। नेकपा एमाले सुर्खेत क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार अमृत बहादुर विसिले निर्वाचन हुनु भन्दा अगाडी नै आफुले जितिसकेको अनुभव गरेको बताएका छन् । सोमबार दर्शनखबर सगँ कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । हामीहरु जनता माझ गई मत माग्दै गर्दा मतदाताहरु खुसी भई आफुहरुलाई स्वागत गर्ने, माला लगाईदिने, शुभकामना दिने गरेको हुँदा आफुले जितिसकेको महसुस गरेको बताएका हुन । आफु लामो समयदेखि राजनितिमा होमिएको हुँदा मतदाताको व्यवहार, भावना, दृष्टिकोण हेरि मंसिर ४ गते नेकपा एमालेलाई बहुमतले विजयी गराउछन् भनी विश्वस्त भएको दावी गरेका छन् । उनले १० वर्षे जनयुद्धको बेला सबै नेताहरु ज्यान जोगाउन काठमाण्डौँ गए तर म लाटीकोईलीमा बसेर यँहाका जनताको सुरक्षामा महत्वपुर्ण भुमिका निर्वाह गरेको जिकिर गरेका छन् ।

कर्णाली प्रदेशको राजधानी सुर्खेत नेकपा एमाले र जनताको महत्वपुर्ण भुमिकामा बनेको तर काग्रेसका उपसभापति पुर्ण बहादुर खड्काले बाध्य भएर राजधानी बनाउन सहयोग गरेकोे विसिले आरोप लगाएका छन् । उनले थपे कर्णाली पदेशको समग्र विकास कसरी हुन्छ ? कर्णालीलाई कसरी अगाडी बढाउन सकिन्छ भन्ने कुरामा कर्णाली प्रदेश इन्चार्ज एवः नेकपा एमालेका स्थिायी कमिटी सदस्य यामलाल कँडेल बाहेक अरु कोहीसगँ त्यो भिजन नभएको दावी गरेका छन् । मंसिर ४ पछि सुर्खेतका ६ वटा सिट नै एमालेले जित्छ र मतदातामा गठबन्धन नभएको उनले जिकिर गरेका छन् ।

भिडियो हेर्नुहोस् ।

तपाईको प्रतिक्रिया