
सुर्खेत । गएराति लेकवेशीमा एक जना वृद्धको हत्या भएको छ । वडा नम्वर ९ चौरासेको तिल्के पानी भन्ने स्थानमा ७४ वर्षकी डिल्लीसरा जैसीको हत्या भएको हो । घटनाको विषयमा ५ बजे जानकारी पाएको वडा नम्वर ९ का वडा अध्यक्ष मान बहादुर सोमैले जानकारी दिए । उनका अनुसार जैसीलाई ढुङ्गाले थिचेर हत्या गरेको देखीएको र अहिले घटना स्थलमा प्रहरी परिचालन भई अनुसन्धान भईरहेको छ ।


दर्शन खबर । २९ कार्तिक २०७९, मंगलवार