काठमाडौं । आगामी मंसिर ४ मा हनुे प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रमा मपतत्र पुर्याइएको छ । निर्वाचन आयोगका अनुसार देशभरका प्रतिनिधिसभातर्फ १६५ तथा प्रदेशसभातर्फ ३३० वटै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी सम्पन्न भएको हो । मतपत्रसहितका ५८ प्रकारका निर्वाचन सामग्री निर्वाचन क्षेत्रमा ढुवानी गरिएको हो । अब त्यहाँबाट हरेक मतदान केन्द्रमा मतपत्र पुर्याइने छ । संघ र प्रदेशको प्रत्यक्ष र समानुपातिक निर्वाचनका लागि दुई९दुई वटा मतपत्र छापिएका छन् । प्रत्यक्षका लागि ३ करोड ९७ लाख ८९ हजार ५ सय र समानुपातिकका लागि ४ करोड ६ लाख ५ हजार मतपत्र छापिएको हो । देशभर १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता छन् ।


दर्शन खबर । २५ कार्तिक २०७९, शुक्रबार