सुर्खेत । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सुर्खेतमा १० वटा मतदान केन्द्रलाई अपांगमैत्री बनाइएको छ । वीरेन्द्रनगर नगरपालिकाका १० वटा निर्वाचन केन्द्रलाई अपांग महासंघको समन्वयमा अपांगमैत्री बनाइने भएको हो । जसमा दृष्टिविहीन, शारीरिक अपांगता भएका मतदाताले मात्र मतदान गर्न पाउने व्यवस्था हुने कर्णाली प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जानकारी दिए । उनका अनुसार जननमुना माध्यमिक विद्यालय, श्रीकृष्ण संस्कृत मावि, अमरज्योति मावि, भैरव मावि, सिद्ध बहिरा स्कुललगायतका केन्द्रलाई अपाङ्गतामैत्री बनाइएको छ।


दर्शन खबर । २५ कार्तिक २०७९, शुक्रबार