ला लिग : रियल म्याड्रिडको जित

एजेन्सी । स्पेनिस ला लिगमा रियल म्याड्रिडले कठिन जित निकालेको छ । गएराति भएको खेलमा रियलले क्याडिजलाई २–१ ले पराजित गरेको हो । रियलको जितमा इडर मिलिसाओ र टोनी क्रुसले गोल गरे । क्याडिजका पेरेजले एक गोल फर्काए । खेलको ४०औं मिनेटमा इडर मिलिसाओले गोल गर्दै रियललाई पहिलो हाफमा १–० को अग्रता दिलाए । ७०औं मिनेटमा क्रुसले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । ८१औं मिनेटमा परिवर्तित खेलाडी लुकास पेरेजले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । तर त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल रियलले जित्यो । यो सँगै रियलले शीर्षस्थानको बार्सिलोनासँगको अंक दुरी छोट्याएको छ । रियलको १४ खेलबाट ३५ अंक पुगेको छ । समान खेलबाटै शीर्षस्थानमा रहेको बार्सिलोनाको ३७ अंक छ ।


तपाईको प्रतिक्रिया