म्यादी महिला प्रहरीलाई स्यानिटरी प्याड वितरण

दैलेख । दैलेखका महिला प्रहरी तथा म्यादी महिला प्रहरीलाई मंगलबार स्यानिटरी प्याड वितरण गरिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखको आयोजना र त्रिभुवन माध्यामिक विद्यालय नयाँ बजार दैलेखको सहयोगमा प्याड वितरण गरिएको हो । जिल्ला प्रहरी कार्यालय दैलेख तथा मातहतमा कार्यरत महिला प्रहरी र म्यादी महिला प्रहरीलाई प्याड वितरण गरिएको हो । प्रतिव्यक्ति ३ प्याकेटका दरले सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत स्यानिटरी प्याड वितरण गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

तपाईको प्रतिक्रिया