दु:ख देखि हतोत्साहित नभएका कृष्ण

No description available.

                                     निमित्त निर्देशक कृष्ण प्रसाद पंगेनी 

प्रस्तुतकर्ताः कुलेन्द्र शाही 
पुर्खेयौली घर स्याङजा जिल्ला साविकको सुर्यक गाविस वडा नम्बर १ महापुर घर भएका तर बुवाको नोकरी स्थल भारतको शिलाङ्गमा २०२६ वैैसाख ४ गते सामान्य परिवारमा जन्म लिएका यि हुन् कृष्ण प्रसाद पंगेनी । बुवा शिवलाल पंगेनी र आमा डिल कुमारी पंगेनीको कोखबाट सामान्य परिवारमा जन्मिएका सातौँ सन्तान मध्ये कृष्ण प्रसाद पंगेनी दोस्रो सन्तान हुन् । उनी भन्दा अगाडी एक जना दिदि छन् । दिदि भएपनि दोस्रो सन्तान भएर नै होला सानै देखि दु:ख सुःख सँग लड्दै आए ।

दुःख र पढाई
कृष्ण सानो उमेरमा भारतको शिलाङ्गमा मा पढे । कक्षा ५ सकेर सुर्खेतको लेकवेशी नगरपालिका आए । लेकवेशीमा आए पनि उनले कक्षा ६ भने वीरेन्द्रनगरमा रहेको अमर ज्योति मा वि नेवारेमा भर्ना भए । अमर ज्योति मा. वि कृष्णको घरदेखि करिव ३ ४ घण्टा भन्दा टाढा थियो । त्यसपछि पढ्ने कक्षा बढ्दै जाँदा कक्षा ७ लेकवेशी नगरपालिकाको चौरासेमा रहेको खाडदेवि मा.वि मा अध्ययन गरे । कक्षा ७ पास गरी कक्षा ८ देखि कक्षा १० सम्मको अध्ययन जन मा.वि वीरेन्द्रनगरमा गरे । उनको एसएलसी सकियो त्यपछि २०४५ सालमा वीरेन्द्रनगर बहुमुखी क्याम्पस सुर्खेतमा भर्ना भए । २०४६ सालमा मध्यपश्चिम विकास क्षेत्रबाट पशु विज्ञान विषय अध्ययनमा छात्रवृति प्राप्त गरी त्रिभुवन विश्वविद्यालयको कृषि तथा पशु विज्ञान विषय अध्ययन गर्न वीरेन्द्रनगर देखि काठमाण्डौँ प्रवेश गरे कृष्णले । काठमाण्डौँमा प्रवेश गरेपछि कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुर चितवनबाट सञ्चालित शाखा काठमाण्डौँमा २०४६ साल देखि २०४८ सालसम्म पशु विज्ञान विषय अध्ययन गरे । उनि काठमाण्डौँ देखि पुनः फर्केर वीरेन्द्रनगरमा आए । वीरेन्द्रनगरमा आएर वीरेन्द्रनगर बहुमुखी क्याम्पसमा आइकम तथा विईकम अध्ययन गरे ।

जागिरको लक्ष्य
सानै उमेरमा सरकारी जागिर खाने उनको लक्ष्य त थिएन । उनले पशु विज्ञान विषय अध्ययन गरेको हुँदा २०५० सालमा पशु विज्ञान विषयको लोकसेवा आयोगको विज्ञापन खुल्यो । लोकसेवाको परिक्षामा सहभागाी भए । पहिलो पटकको परिक्षामा उनको नाम निस्कियो । २०५० सालदेखि पशु सेवा प्राविधिकका रुपमा निजामती सेवामा प्रवेश गरे । २०५० सालमा नियुक्ति पत्र वुझेर साविकको जिल्ला कृषि विकास कार्यालय जुम्लाबाट सेवा सुरु गरे । २०५२ सालमा जिल्ला पशु सेवा कार्यालय जुम्लामा पदस्थापन भई २०५३ साल चैत्रसम्म साविकको पशुपन्छी रोग नियन्त्रण प्रयोगशाला सुर्खेतमा सरुवा भए । २०५४ मंसिर ८ गते प्राविधिक सहायकमा बढुवा भइृ लोक सेवा आयोग दिपायलले लिएको परिक्षामा सिफारिस भएर साविक जिल्ला पशु सेवा कार्यालय डोटीमा काम गर्ने अवसर पाए । २०५७ जेठ १ गतेबाट साविक जिल्ला पशु सेवा कार्यालय बाँकेमा सरुवा भई २०६० वैसाख सम्म त्यहा कार्यरत रहे । २०६० देखि २०७० असार मसान्त सम्म साविक जिल्ला पशु सेवा कार्यालय सुर्खेतमा योजना प्रमुखको पदमा रहेर काम गरे कृष्णले । २०७० साउन १ गतेदेखि नेपाल सरकारबाट वढुवा भई पशु विकास अधिकृत रुपमा २०७० पौषसम्म जिल्ला पशु सेवा कार्यालय सुर्खेतमा कार्यरत रहे । २०७० माघ देखि पुनः नेपाल सरकारबाट पदस्थापन भई जिल्ला पशु सेवा कार्यालय दैलेखमा काम गरे । २०७३ माघदेखि २०७५ कार्तिकसम्म जिल्ला पशु सेवा कार्यालय सुर्खेत र वीरेन्द्रनगर नगरपालिका सुर्खेतमा शाखा प्रमुखमा काम गर्ने अवसर मिल्यो । २०७५ मंसिरमा पुनः उनको पदस्थापन भई पशु सेवा तालिम केन्द्र कर्णाली प्रदेश सुर्खेतको प्रमुख पदमा रहेर २०७६ कार्तिक महिनासम्म काम गरे । सोही अवस्थामा २०७६ मंसिरदेखि तालिम केन्द्र एकिकृत भएर कृषि तथा पशुपन्छी व्यवसाय प्रर्वधन प्रशिक्षण केन्द्र भयो । सोही क्रममा उनलाई तालिम शाखा प्रमुख पदमा २०७९ भदौँसम्म काम गर्ने अवसर जुट्यो । कर्णाली प्रदेशका किसान तथा कर्मचारीहरुमा सिप विकास तालिम, क्षमता विकास तालिम, प्राविधिक विषय अध्यापन गराउने विद्यालय, क्याम्पसहरुमा प्राविधिक सहयोग गर्दैँ आएका कृष्ण २०७९ असोज महिना देखि हालसम्म प्रदेश सरकारबाट पशुपन्छी विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतको निमित्त निर्देशक पदमा कार्यरत छन् ।

No description available.

पढाईसगैँ व्यापार
कृष्ण घरको दोस्रोे सन्तान । उनी भन्दा अगाडी एक जना दिदि छन । २०५७ असार १४ गते बुवाको निधन भएको हुँदा धेरै उतावचडाव आए । तर कृष्णले हार नमानेर पढाई सगसगैँ व्यापार तथा ठेक्कापट्टा गर्न थाले । सानो सानो खाद्यान्न तथा खुद्रा पसल थियो । विहान क्याम्पस जान्थे दिउँसो पसलमा बसेर सामानहरु विक्री गर्थे । कहिले ठेक्कापट्टाको काममा पनि धेरै व्यस्त हुन्थे । उनी अलि फरक स्वाभावको थिए । आफुलाई फुर्सदमा राख्नै चाहन्थिएनन ।

आगामी गुणस्तरिय सेवा प्रवाहको योजना
उनले आगामी गुणस्तरिय सेवा प्रवाहको योजनाहरुमा सुर्खेतका प्रत्येक पालिकासङ्ग समन्वय गरी पालिकामार्फत प्रत्येक किसानको घरदैलोमा सेवा पुग्ने गरी प्राविधिक सेवा, निशुल्क घाँसका विउँ, विभिन्न रोगका खोपहरु, ओषधीहरु तथा पशुपन्छी विकास निर्देशनालय सुर्खेतको मातहतमा रहेका कर्णाली प्रदेशका अन्य नौँ जिल्लामा विभिन्न रोगका खोप, औषधी, किसानका घरदैलोमा पुगेर अनुगमन, रोग नियन्त्रण, प्राविधिक सरसल्लाह, निर्देशन, सुर्खेत तथा कर्णाली प्रदेशमा पशु तथा पशुजन्य पदार्थ (दुध, दहि, घिउ, अण्डा, मासु, माछा) को उत्पादनमा आत्म निर्भर बनाई कृषकको आर्थिक स्तर उन्नतिमा सहयोग पुर्याउने, निर्देशनालयको निति नियम, कार्यविधि र निर्देशिकाको कृषकमुखी कार्यक्रम तथा क्रियाकलापमा प्रभावकारी सेवा दिने प्रतिवद्धता कृष्णको रहेको छ ।

तपाईको प्रतिक्रिया