सुर्खेत ।
मध्यपश्चिम विश्वविद्यालयका संयुक्त विद्यार्थी संगठन र स्ववियुुको संयुक्त आयोजनमा आन्दोलनको कार्यक्रम अन्तरगत शुक्रवार केन्द्रिय क्याम्पसको भित्र हातामा कालो पट्टी बाधी क्याम्पसको प्राङ्गणमा नारावाजि गरिएको छ । विद्यार्थिहरुले २०७६ साउन १ गते विश्वविद्यालयका रजिस्टारलाई हरेक वर्ष वृद्धि हुुदै आएको १० प्रतिशत शिक्षण शुुल्क तत्काल खारेज हुनुपर्ने, तत्काल स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन घोषणा गरिनुपर्ने , विश्वविद्यालयका पदाधिकारी, कर्मचारि र प्राध्यपकहरुको दोहोरो सुुविधा खारेज गरिनुपर्ने, यस अघि स्ववियु विद्यार्थी संगठन र इन्जिनियरिङ्ग संकायका विद्यार्थी सँग गरिएका सहमतिहरु तत्काल कार्यान्वयन गरिनुपर्ने, लगाएत बिभिन्न ११ बुुदेँ मार्ग राख्दै एक हप्ताको अल्टेमेटम दिएको थियो , र उक्त समय सम्म पनि विश्वविद्यायलका पदाधिकारिहरुले आफुुहरुको मागलाई कुनै वास्ता नगरेको कारणले गर्दा चरणबद्ध आन्दोलनको कार्यक्रम गर्नुु परेको स्ववियु सदस्य रोशन बस्नेतले जानकारिदिए ।
उक्त कार्यक्रममा बोल्दै स्ववियुु सभा प्रति झक बहादुुर शाहिले विश्व विद्यालयका पदाधिकारिले नियम विपरीत आफु निकटका व्यक्तहरुलाई नियुक्ती दिई दक्ष व्यतिहरुलाई वाहिपास गरेको बताए । आन्दोलनकै कार्यक्रम अन्तरगत साउन १९ गते केन्द्रिय क्याम्पसमा सिठि जुुलुुस प्रदर्शन गर्ने, २० गते केन्द्रिय कार्यालयमा विहान १० बजे देखि ११ बजे सम्म १ घण्टा प्रवेश निषेध गर्ने ,२१ गते मध्य पश्चिमाञ्चल विश्व विद्यालय पदाधिकारिका सवारि साधन अनिश्चत कालका लागि बन्द गर्ने कार्याक्रम भएको नेवि संघ सुर्खेतका युवा नेता मोहन रानाले जानकारी दिए ।




दर्शन खबर । १७ श्रावण २०७६, शुक्रबार