सुर्खेत ।
एसओएस हर्मन माइनर विद्यालय सुर्खेतले विद्यालयमा छात्राहरुको लागि स्यानेटरी प्याड भेन्डिङ मेसिन जडान गरेको छ । महिनावारीको समयमा उनीहरुको पढाईमा असर पर्न नदिन भेन्डिङ मेसिन जडान गरिएको विद्यालयले बताएको छ ।
शुक्रवारदेखि संचालनमा आएको भेन्डिङ मेसिनबाट दुई र पाँच रुपैंयाको सिक्का हालेपछि प्याड निस्कन्छ । विद्यालयका छात्राको लागि संचालन गरिएपनि शिक्षिका, एसओएस बालग्रामका आमा र अन्टीहरुले पनि प्याड प्रयोग गर्न गर्नेछन् ।
छात्राहरुको लागि आधुनिक सुविधायुुक्त स्यानेटरी प्याड भेन्डिङ मेसिन संचालन गर्ने हर्मन माइनर कर्णाली प्रदेशकै पहिलो विद्यालय पनि बनेको छ ।
विद्यालयले स्यानेटरी प्याड मेसिन जडान गरेपछि आफुहरु निकै सहज हुने छात्राहरुले बताए ।
महिनावारीको वेला छात्राहरूले शारीरिक र मानसिक रूपमा कमजोर महशुस गर्ने भएकोले उनीहरुलाई सहज वातावरण दिएर पढाईमा सघाउन मेसिन संचालन गरिएको विद्यालयका प्राचार्य जगदिश ढकालले बताउनुभयो ।
एउटा प्याडको ८ रुपैया पर्ने भन्दै ढकालले विद्यालर्थीले दुई र पाँच रुपैयाको सिक्का राखेर प्याड प्रयोग गर्ने भएकोले वाकी खर्च विद्यालयले व्यर्होने बताउनुभयो ।
विद्यालयमा ६ देखि १२ कक्षामा अध्ययनरत दुई सय ४० जना किशोरबताउनुभयो ।
प्रदेश अस्पताल सुर्खेतका बालरोग विशेषज्ञ डा. नवराज केसीले मेसिनले छात्राहरुको पढाईमा सघाउने बताउनुभयो ।
देशकै उत्कृष्ट विद्यालय मध्येको एक हर्मन माइनर सुर्खेतले भेन्डिङ मेसिन राखेर आफुलाई अझ अव्वल बनाएको बीरेन्द्रनगर ४ का वडाध्यक्ष निलकण्ठ खनालले बताउनुभयो ।
विद्यालयले भेन्डिङ मेसिन जडान गर्नुको साथै महिनावारी हुँदा छात्राहरुको लागि आराम गर्ने कक्ष पनि बनाईएको छ ।



दर्शन खबर । १७ श्रावण २०७६, शुक्रबार