सुर्खेत ।
२०७५ फागुन २३ गतेदेखि २९ गतेसम्म संचालन भएको रारा राष्ट्रिय नाटक महोत्सवको आम्दानी तथा खर्चको विवरण सार्वजनिक गरिएको छ ।
राष्ट्रिय नाचघर काठमाडौैंको मूल आयोजना तथा आरंग नेपाल सुर्खेतको संयोजनमा भएको नाटक महोत्शवको शुक्रबार खर्चको विवरण सार्वजनिक गरिएको हो ।
आरंग नेपाल सुर्खेतका अध्यक्ष गणेशभक्त गौतमले १५ लाख ९१ हजार ५ सय २२ रुपैयाँको आम्दानी तथा खर्च विवरण सार्वजनिक गर्नुभएको हो । जसमा
१३ लाख २१ हजार ५ सय २२ रुपैयाँ खर्च भएको र २ लाख ७० हजार बचत रहेको अध्यक्ष गौतमले बताउनुभयो ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा नाटक घर निर्माणका लागि प्रदेश सरकारले बजेट विनियोजन गर्नु, कर्णालीको पर्यटकीय क्षेत्रमा महोत्सवले प्रभाव पार्नु, मोफसलका रंगकर्मीहरुलाई रंगमञ्चको प्रवद्र्धनमा सघाउ पुग्नु, नाटक प्रति कर्णालीका जनताको मोह बढ्नु, कार्यक्रमको उपलब्धी भएको उहाँले बताउनुभयो ।
नाटक महोत्शवले कर्णाली प्रदेशलाई चिनाउन र रंगमञ्चको प्रवर्दन गर्नका लागी महत्वपुर्ण भुमिका खेलेको पत्रकार महासंघ शाखा सुर्खेतका अध्यक्ष गणेश कञ्चन भारतीले बताउनुभयो ।
नाटक महोत्शवले कर्णालीमा रंगमञ्चमा टेवा पुेगेको भन्दै पत्रकार कलेन्द्र सेजुवालले खर्चविवरण सार्वजनीक गर्नु उधाहरणीय कार्य भएको बताउनुभयो ।
आम्दानी खर्च प्रस्तुत कार्यक्रममा बोनम्यारो रोगबाट पीडित हाल काठमाडौंको सिभिल अस्पतालमा उपचाररत पत्रकार डिलप्रकाश शर्मालाई आरंग नेपालको तर्फबाट ५ हजार सहयोग समेत गरिएको थियो ।



दर्शन खबर । १७ श्रावण २०७६, शुक्रबार