अमर कार्की ।
सुर्खेत ।
नेपाल बिद्यार्थी संघ पञ्चपुरी ले एसईईको ग्रेड बृद्धि परीक्षा स्थानीय स्तरमा नै हुनुपर्ने माग राख्दै आज पञ्चपुरि नगरपालिका को कार्यालय मा ज्ञापन पत्र बुझाएको छ ।
चौकूने, पञ्चपुरी र बराहताल गाउपालिकाका बिद्यार्थीहरु सदरमुकाम वीरेन्द्रनगरमा गएर परिक्षा दिन खर्चिलो र टाढा भएको हुदाँ पश्चिम सुर्खेतमै केन्द्र तोक्न अनुरोध गरिएको छ ।
संघिय संरचना अनुसार केन्द्रको अधिकार गाउँमा आएपनि परिक्षा दिन सदरमुकाम जाने परिपाटी रहेको र टाढा जान खर्च अभाव हुदा परीक्षा दिनबाट कतिपय विद्यार्थी बञ्चित हुनेगरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
करिव २ सय १५ जनाको हस्ताक्षर सहितको ज्ञापनपत्र बुझ्दै नगरपालिकाका प्रमुख उपेन्द्र बहादुर थापाले भौगोलिक बिकटता र सदरमुकाम जानुपर्ने बाध्यता हटाउन आफ्नो तर्फबाट यस बिषयमा पहल गर्ने बताउनुभएको छ ।
आगामि भदौ १ गतेदेखि संचालन हुने ग्रेड बृद्दि परिक्षाका लागि धेरैजसो विद्यार्थीहरु तयारीमा जुटिरेका छन ।



दर्शन खबर । १६ श्रावण २०७६, बिहीबार