विषादी रहित तरकारी खान उपभोक्ता फुटपाथतिर

सुर्खेत ।
कर्णालीको प्रदेशकाे राजधानी वीरेन्द्रनगरमा रहेका अधिकांश फूटपाथ व्यवसायीले सरकारको सपना पूरा गरिरहेका छन् भन्दा फरक नपर्ला । जहिले पनि सिजनमा उत्पादन हुने
वीरेन्द्रनगरमा पछिल्लो समयमा अर्गानकि खानपानप्रति आकर्षण बढ्दै गएको छ ।
सुर्खेतमा विषादी रहित तरकारी खानका लागी स्थानियको भिड फुटपाथतिर देखिन्छ ।
वीरेन्द्रनगरको सबैभन्दा बढी व्यस्त हुने चोक वीरेन्द्र चोक हो । चोकमा विगत १० वर्षभन्दा पहिलेदेखि नै जैकला विश्वकर्माले अर्ग्यानिक तरकारी बिक्री गर्दै आउनु भएको छ । उहाँ सधैं सिजनअनुसार पाइने तरकारी बिक्री गर्ने गर्छिन् । हाल बगाले च्याउ, तामाको सिजन छ । उहाँ सँग अदुवा र ताजा तरकारी पनि छ ।
‘च्याउ हामीले अरुबाट किन्ने गरेका छौं,’ उहाँले भन्नुभयो, । प्रतिकिलो १ हजार ६ सयको दरमा खरिद बिक्री भइरहेको बगाले च्याउ अर्ग्यानिक च्याउको बिम्बको रुपमा मानिन्छ ।
विश्वकर्माले तामा, पट्यौला लगायत जंगलमा पाइने जंगली तरकारीबाहेक टिमुर, अदुवा लगायत मसला पनि बिक्री गर्दै आउनुभएको छ ।
‘मैले स्थानीय तरकारी, वनमा पाइने तरकारीजन्य खाद्यपदार्थ खरिद गर्दै बिक्री गर्दै आईरहेको,’ ८७ वर्षीया वृद्धा विश्वकर्माले बताउनुभयो ।
भैरवस्थानकी नन्दा न्यौपाने पनि फूटपाथमा नै अर्गानीक तरकारी बिक्री गर्दै आउनुभएको छ ।
‘गाउँमा जे उत्पादन भयो हामी त्यही नाम्लोमा राखेर बिक्री गर्दै आइरहेका छौं,’ उहाँले भन्नुभयो ।
‘विगतमा भन्दा अहिले लोकल आलु, लोकल तरकारी, लोकल कुखुरा तथा खसीको मासु खोज्नेको जमात निकै बढिरहेको र च्याउ किन्दै गरेका रामबहादुर कार्कीले बताउनुभयो । श्रोत लोकान्तर ।
कर्णालीमा २ पटक आफ्नै बजेट आइसकेको भएपनि कर्णाली प्रदेशमा अर्ग्यानिक उत्पादनको वृद्धि हुन सकेको छैन । बरु भारत तथा अन्य जिल्लाबाट विषादी प्रयोग गरिएको खाद्यवस्तु कर्णालीमा भित्रिरहेको छ । रासायनिक मलको प्रयोग दिनहुँ बढ्दै गएको छ ।

श्राेतः लाेकान्तर


तपाईको प्रतिक्रिया