जवाफदेहिताको औजार अनीवार्य प्रयोग गर्न स्थानिय सरकारलाई सुझाव

जाजरकोट ।
भेरी नगरपालिकामा सुशासनका क्षेत्रमा पैरवी सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
युएसएआइडी, एफएच आइ ३६० को सहयोगमा सुन्दर नेपाल संस्था जाजरकोटको आयोजना ,गैसस महासंघ र पत्रकार महासंघ जाजरकोटको समन्वयमा परिवर्तीत सन्दर्भमा नागरिक समाज सस्थाको भुमिका विषयक कार्यक्रम सम्पन्न भएको हो ।
नागरिक समाजको भुमिका र सुशासनको अवस्था, योजना कार्यान्वयन र सामाजिक जवाफदेहिताको अवस्था, लक्षित समुहको बजेट कार्यान्वयनको अवस्था, बेरुजु रकम सार्वजनिकीकरण गर्ने लगायतका विषयमा सबैले आ–आफ्नो क्षेत्रबाट यसको पैरवी गर्न आवश्यक रहने कुरामा ध्यानाकर्षण गराइएको थियो ।
नागरिक समाज पारस्परिक जवाफदेहिता परियोजना सुन्दर नेपाल संस्थाद्धारा गठित जिल्लाका भेरी नगरपालिका र छेडागाड नगरपालिकामा रहेका स्थानिय सभा र रेडियो श्रोता समुहबाट उठेका सवाल स्वास्थ्य संस्थामा स्वास्थ्य सेवा र औषधिको अपर्याप्तता, विषयगत कार्यालय र स्थानिय तहमा सार्वजनिक सुनुवाई तथा सामाजिक परिक्षण नभएको, योजनाहरुमा सार्वजनिक परिक्षण नहने, स्थानिय तहले समयमा सुचना नदिएको, स्थानिय तहका सम्बन्धित केहि कार्यालयमा नागरिक वडापत्र नभएको जस्ता थुपै विषय सम्बन्धि छलफल गरिएको सुन्दर नेपाल संस्थाका कार्यक्रम अधिकृत रविन्द्र चन्दले बताए ।
कार्यक्रममा बोल्दै नागरिक सचेतनानै विकासको मूल बाटो भएको भन्दै बजेट तथा योजना कार्यहरुको सार्वजनिक सुनुवाई छिटै गर्न लगाउने र नागरिकलाई सुचनाको पहुचमा ल्याएर नागरिक जवाफदेहि सरकार बनाउन तिर सबैको जिम्मेवारी भएको नागरिक समाजका अगुवा राजेन्द्र विक्रम शाहले जोड दिएका थिए ।
त्यस्तै जिल्ला समन्वय समीतीका उपप्रमुख ज्ञानी प्रसाद शर्माले सरकारले गर्ने बजेट तथा योजना कार्यहरुको अनुगमन भरपर्दाे र पारदर्शीता नहुने देखीएकाले यसतर्फ नागरिक समाज , नागरिक समाज संस्था , पत्रकार लगायत जिल्लाका अन्य बुद्धिजिवी नागरिकले ध्यान दिने र पैरवीको कार्य अघि बढाउन समेत उपस्थित सबैलाई ध्यानाकर्षण गराए ।
कार्यक्रममा सुशासन सामाजिक जवाफदेहिता तथा नागरिक उत्तरदायित्व सम्बन्धि कार्यपत्र बनाएर सार्वजनिक गर्ने,सो कार्यपत्र आगामी श्रावन २७ गते अन्तराष्टिय युवा दिवसको दिन समपुर्ण सरोकारवालाहरु बिच प्रस्तुत गर्ने, र सुशासन सामाजिक जवाफदेहिता तथा नागरिक उत्तरदायित्व कायम गर्नका लागी जिल्ला स्तरिय नागरिक सञ्जाल थप क्रियाशिल गर्ने निर्णय गरिएको थियो ।
कार्यपत्र निर्माणको लागी नागरिक समाजका अगुवा राजेन्द्र विक्रम शाह ,गैसस महासंघ अध्यक्ष विर वहाद्र बस्नेत, पत्रकार तथा सञ्चारकर्मी बालकुमार शर्मा लाई जिम्मेवारी बाँडफाड गरिएको सुन्दर नेपाल संस्थाका जिल्ला कार्यक्रम अधिकृत चन्दले जानकारी दिए ।


तपाईको प्रतिक्रिया