म.प. विश्वविद्यालयमा विद्यार्थीहरुको धर्ना

सुर्खेत ।
मध्यपश्चिम विश्वविद्यालयका संयुक्त विद्यार्थी संगठन र स्ववियुको संयुक्त आयोजनमा आज म.प विश्व विद्यायलेको प्रशासनिक भवन कुईनेपानीमा विद्यार्थिहरुले १ घण्टा धर्ना दिएका छन् ।
विद्यार्थिहरुले २०७६।४।१ गते विश्व विद्यालयका रजिस्टारलाई विभिन्न ११ बुँदे माग राख्दै एक हप्ताको अल्टेमेटम दिएको र उक्त समय सम्म पनि म.प विश्वविद्यालयका पदाधिकारिहरुले आफुहरुको मागलाई कुनै वस्था नगरेको कारणले गर्दा चरणबद्ध आन्दोलनको कार्यक्रम गर्नु परेको स्ववियु सभापति झक्क बहादुुर शाहि जानकारी दिए ।
आन्दोलनकै कायक्रम अन्तरगर्त साउन १७ गते केद्रिय क्याम्पस भित्र हातमा कालो पटि बाँध्ने, १९गते केन्द्रिय क्याम्पसमा सिटि जुलुस प्रदर्शन, २० गते केन्द्रिय कार्यालयमा विहान १० बजे देखि ११ बजे सम्म १ घण्टा प्रवेश निषेध गर्ने, २१ गते मध्यपश्चिमाञ्चल विश्वविद्यालय पदाधिकारिका सवारि साधन अनिश्चतकालका लागि बन्द गर्ने कार्याक्रम भएको नेवि संघ सुर्खेतका युुवा नेता मोहन रानाले जानकारि दिए ।


तपाईको प्रतिक्रिया