फिलिपिन्समा आँधी : १ सय ५० जनाको मृत्यु

काठमाडौं । फिलिपिन्समा आएको शक्तिशाली आँधीका कारण १ सय ५० जनाको मृत्यु भएकोे छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का अनुसार आँधीमा परि ३६ जना बेपत्ता भएका छन । बिहिवार आएको पाएङ नामको आँधीबाट मिमारोपा, विकोल क्षेत्र, पश्चिमी भिसायास, जाम्बोनागा प्रायद्वीप, दक्षिणी कोटाबाटो, सुल्तान कुदारत, साराङगानी र सान्तोस सहर अति प्रभावित भएका छन । आँधीले ३९ लाख नागरिक प्रभावित भएका छन भने ४ सय ९९ सडकमा क्षति पुगेको छ ।

त्यसैगरी १ सय २० वटा पुल आंशिक वा पूर्णरूपमा भत्केका छन । आँधीका कारण राजधानी मनिलासहित १७ क्षेत्रका ३१ हजार ९ सय ४२ गाउँका १८ लाख १२ हजार ७ सय ४० जना नराम्ररी प्रभावित भएका मनिला टाइम्सले जनाएको छ । आँधीसँगैको बाढीका कारण कम्तीमा १ लाख १३ हजार ४ सय ८ हेक्टर कृषि क्षेत्र प्रभावित भएको छ । त्यहाँ ११ हजार ७ सय ६१ मेट्रिक टन उत्पादनमा नोक्सानी भएको छ ।

 

तपाईको प्रतिक्रिया