गृहजिल्लाको चुनावी अभियानमा व्यस्त प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेलधुरामा छन्। निर्वाचन आयोगले तोकेअनुसार बिहीबार (साउन १७ गते) देखि चुनाव प्रचार सुरु भएको छ। देउवाले बिहीबार डडेलधुरा सदरमुकाम अमरगढी बसपार्कमा आयोजित चुनावी सभालाई सम्बोधन गरे। नेपाली कांग्रेस जिल्ला कार्यसमिति डडेलधुराका अनुसार शुक्रबार देउवा २ वटा चुनावी सभामा सहभागी हुनेछन्। शुक्रबार देउवा नवदुर्गा गाउँपालिकाको बेलापुर र गृहपालिका गन्यापधुरा गाउँपालिकाको बडालमा आयोजना हुने चुनावी सभामा सहभागी हुनेछन्। देउवा कात्तिक २० गते आइतबार सम्म गृहजिल्लाका चुनावी सभामा सहभागी हुने जनाइएको छ। शनिबार देउवा भागेश्वर गाउँपालिका र अजयमेयर गाउँपालिकाका चुनावी सभामा सहभागी हुनेछन्। यस्तै, आइतबार आलिताल गाउँपालिका र परशुराम नगरपालिकामा हुने चुनावी सभामा सहभागी हुनेछन्।

तपाईको प्रतिक्रिया