सुर्खेत ।
वीरेन्द्रनगर नगरपालीकाले सेवाग्राहीको सहजताका लागी समयतालीका निर्धारण गरेको छ । वीरेन्द्रनगर नगरपालिका अन्तरगतको भवन तथा बस्ती बिकास उपसाखाले उपभोक्ताको लागी निश्चीत समय तालीका निर्धारण गरेको हो । शाखाले आइतबार,मंगलबार र बिहीबार बिहान सवा १० बजे देखी अपराहान्ह ४ बजेसम्म नक्सापास तथा निर्माण सम्पन्नको प्रमाणपत्र बितरण गर्नेछ ।
यसैगरी सोमबार,बुधबार र शुक्रबार बिहान सावा १० बजे देखी २ बजेसम्म नक्सा दर्ता गरीने छ भने साढे २ बजे देखी ५ बजे सम्म फील्डको कार्य गरीने उक्त नक्साफाट शाखाका प्रमुख किशोर कंडेलले जानकारी दिनुभयो ।



दर्शन खबर । १४ श्रावण २०७६, मंगलवार