पुर्वाधार विकास पहिलो प्राथमिकतामा – उपप्रमुख ढकाल

सुर्खेत ।
वीरेन्द्रनगर नगरपालिकाले पुर्वाधार विकासका योजनालाई प्राथमिकतामा राखेर बजेट ल्याएको जनाएको छ । मंगलवार नेपालदर्शन संग कुरा गर्दै वीरेन्द्रनगर नगरपालिकाकी उपप्रमुख मोहनमाया ढकालले यस्तो जानकारी दिनुभएको हो । वस्ती स्तरको योजना छनौटकै क्रममा सामाजकि विकास भन्दा पुर्वाधार विकासका योजनाहरुका लागी बढी भन्दा बढी योजना माग भएको कारण गर्दा पनी पुर्वाधार विकासको योजनालाई प्राथमिकतामा राखी कार्यक्रम बनाएको उहाँले बताउनुभयो ।
चालु आर्थिक वर्षमा १ करोड २० अर्वको बजेट सार्वजनकि गरेको वीरेन्द्रनगर नगपालिकाले असोजको महिना देखीनै योजना कार्यान्वयन सुरु हुने उपप्रमुख ढकालले बताउनुभयो ।
साथै चालु आर्थिक वर्षलाई शैशीक सुधारको वर्षको रुपमा लिई शैक्षकि सुधारका लागी विभिन्न कार्यक्रम गरिने ढकालले बताउनुभयो । नगर महत्वको योजनामा वडा नम्वर १५ र १६ को विद्युतीकरणका लागी राखिएको उहाँको भनाई रहेको छ । योजना कार्यान्वयनमा स्थानिय नागरिकको धेरै भन्दा धेरै सहभागिता गराउने र नगर तथा वडा कार्यक्रमहरुका बारेमा स्थानीय नगरीकहरुलाई सहजै रुपमा जानकारी दिनका लागी श्रावण मसान्त सम्म हाते पुस्तक प्रकाशन गरि सक्ने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया