
सुर्खेत ।
कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले ब्यक्ति साक्षर भएर मात्रै समाज परिवर्तन हुन नसक्ने बताएका छन ।
बुधबार (आज) सुर्खेतको वीरेन्द्रनगरमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रावलले यस्तो बताएका हुन । उनले ब्यक्ति साक्षर भएपनि समाज रुपान्त्रणकोलागि ब्यक्तिको सोच र ब्यवहारमा परिवर्तन आउन जरुरी रहेको उल्लेख गरे ।
महिला तथा बालबालिका माथि हुने हुने हिंसा अन्यकालागि महिलाको नेतृत्वदायी भुमिका सम्बन्धी अनुसन्धानको निष्कर्ष सम्प्रेसणका साथै अक्सफाम नेपालको राष्ट्रिय नीति सन् २०२० देखि २०२५ निर्माणाधिन अवस्थामा रहेकोले प्रदेश स्तरिय सरोकारवाला निकायहरुबाट सल्लाह सुझाव संकलन कार्यक्रम कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रावलले समाज परिवर्तनको लागि मानिसको सोचमा परिवर्तन आउनु पर्ने बताएका हुन ।


दर्शन खबर । १५ श्रावण २०७६, बुधबार