
सुर्खेत । नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलले आसन्न निर्वाचनमा एमालेको जित हुँदा सिंगो देशले जित्ने बताएका छन् ।
निर्वाचन नजिकिदैँ जाँदा नेकपा (एमाले)ले सुर्खेतले निर्वाचन क्षेत्र नम्बर २ मा आयोजना गरेको घरदैलो कार्यक्रममा प्रदेश सभाका सुर्यध्वजाबाहक उम्मेरदवारसमेत रहनु भएका इन्चार्ज कँडेलले यस्तो बताएका हुन् ।
मतदातासँगको भेटघाटका क्रममा विकासका लागि एमाले सधै प्रतिवद्ध रहेको प्रतिक्रिया दिनु भएको प्रदेश इन्चार्ज कंडेलले मंसिर चार गतेको प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचनमा सुर्यमा मतदान गरेर एमालेलाई जिताउन आग्रह गरे ।
‘सुर्खेतको मात्र नभएर समग्र कर्णाली प्रदेशको सडक, खानेपानी, लालपूर्जा होस् वा अन्य विकासका लागि म सँधै यहाँहरुकै साथमा छु’ उनले थपे ‘आसन्न निर्वाचन मार्फत एमालोई सरकार निर्माण गर्ने गरी बहुमत दिए कर्णालीका जनताले अभाव महसुस नहुने गरी काम गर्ने गरी प्रदेश इन्चार्जको हैसियतले पनि म प्रतिवद्धता पनि व्यक्त गर्छु ।’
नेपाली काँग्रेस एक्लै चुनाव लड्न नसकेर प्रचण्डको बैशाखी टेकेर चुनावमा उत्रिएको आरोप लगाउँदै उहाँले थप्नुभयो, ‘प्रचण्डको बैशाखी टेकेर काँग्रेस चुनावमा छ । एमालेलाई जनताले चाहेर एक्लै चुनाव लड्दै छ ।’
नेकपा (एमाले) सुर्खेतले पार्टीको सुर्यध्वजाबाहक उम्मेरदवार सँगै घरदैलो कार्यक्रमको आयोजना गरेको छ । पार्टी स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज कँडेलसहित प्रतिनिधि सभा सदस्यका उम्मेदवार अमृत बहादुर बिसी, पार्टीका तर्फबाट समानुपातिक उम्मेदवारहरुले आइतबार वीरेन्द्रनगर १३ मा घरदैलो गरेका छन् ।
उम्मेरदवारको टोलीले वीरेन्द्रनगरपालिकाको वडा नं १३ को गुप्तिपुर, इन्द्रपुर, करेखोलालगायतका ठाउँमा घरदैलो कार्यक्रम गरिएको छ । प्रदेश सभा ९क० मा कात्तिक २८ गतेसम्म घरदैलो अभियान सञ्चालन गरेको एमाले सुर्खेतका प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सेनाले जानकारी दिए । उहाँका अनुसार कार्तिक १४ गते वडा नं। १४ मा, १७ गते वडा नं। २, १८ गते वडा नं ३, कात्तिक १९ गते वडा नं। ९, २० गते वडा नं। १० र २१ गते वडा नं। ११ मा घरदैलो अभियान गर्ने कार्यक्रम रहेको छ ।
यस्तै २२ गते वडा नं १२, कात्तिक २३ गते वडा नं ५, कात्तिक २४ गते वडा नं १, कात्तिक २५ गते वडा नं ४, कात्तिक २६ गते वडा नं ७, कात्तिक २७ गते वडा नं ८ र २८ गते वडा नं ६ मा घरदैलो कार्यक्रम गर्ने नेकपा (एमाले) सुर्खेतले जनाएको छ ।


दर्शन खबर । १४ कार्तिक २०७९, सोमबार