काठमाडौं । नेकपा एमालेले आज घोषणा पत्र सार्वजनिक गर्ने भएको छ । मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि एमालेले मंगलबार घोषणा पत्र सार्वजनिक गर्न लागेको हो । पार्टीका केन्द्रीय सदस्य एवं प्रचार तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालका अनुसार होटल याक एन्ड यतिमा कार्यक्रम गरी मंगलबार दिउँसो घोषणा पत्र सार्वजनिक गरिनेछ । उनका अनुसार एमालेले घोषणा पत्र सार्वजनिकीकरण केही नयाँ ढङ्गले गर्ने तयारी रहेको छ ।
उक्त घोषणापत्रमा अध्यक्ष केपी शर्मा ओलीले ‘लाइभ डिबेट’ गर्ने कार्यक्रम राखिएको छ। एमालले ‘समृद्ध नेपालस् सुखी नेपाली’को सङ्कल्पलाई आत्मसात गर्दै देशको विकास र समृद्धि नै मूल विषय भएर घोषणापत्र आउने जनाएको छ ।अध्यक्ष ओलीको संयोजकत्वमा घोषणा पत्र सुझाव समिति बनेको थियो। उक्त समितिले सुझाव सङ्कलन गर्ने कार्य गरिरहेको र उक्त सुझावका आधारमा घोषणापत्र तयार गरिएको एमालेले जनाएको छ।


दर्शन खबर । १५ कार्तिक २०७९, मंगलवार