पोखरीमा डुवेका विकको लास निकालियो

दुर्गा विसि सल्यान –सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा नं ७ मैदुपोखरिमा डुवेर सोहि ठाउँका अन्दाजी ४२ वर्षिया तिलाराम विकको मृत्यु भएको छ । मंगलवार दिउँसो १ वजेको समयमा तालमा डुवेर वेपत्ता वनेका तिलारामलाई ईलाका प्रहरीको टोलि,नगरपालिकाको र्याफ्टिङ चलाउने टिमले लास तालबाट निकालेको छ । वडा ७ कै घाँजरिपिपल चोक्या ढुंगाका निवासि विम मानसिक सन्तुलन ठिक नभएको जनाएको छ । मदिरा समेत सेवन गरेका उनी दिउँसो पोखरिमा हाम फालेका थिए ।अन्दाजी ४२ वर्षिया तिलाराम तालमा डुवेर वेपत्ता वनेका थिए । पोखरिको सतह घटाएर उनको शव खोजि गरिएको थियोे ।


तपाईको प्रतिक्रिया