सुर्खेतबाट लागूऔषध सहित एक जना पक्राउ

सुर्खेत – प्रहरीले लागूऔषधसहित सुर्खेतबाट एक जनालाई पक्राउ गरेको छ । सोमवार साझ ६ः३० को समयमा विशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ३ गण्डकी लाईन बस्ने २८ बर्षका सन्तोष बैगारलार्ई पक्राउ गरेको हो ।

प्रहरीले उनी सुत्ने कोठामा शंकाष्पद रुपमा बसेको अवस्थामा उनकोे शरिर तथा उक्त घरको कोठा खानतलासी गर्दा प्लाष्टिक सहित १ ग्राम ७ सय ७० मिलिग्राम र प्लाष्टिक बाहेक शुद्ध १ ग्राम ४ सय ४० मिलिग्राम भएको लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ फेलापारी बरामद गरिएको र बैगारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।


तपाईको प्रतिक्रिया