प्रधानमन्त्री कपका लागि कर्णाली प्रदेशस्तरीय छनोट खेलमा सुर्खेत २ विकेटले विजयी

सुर्खेत – प्रधानमन्त्री कपका लागि कर्णाली प्रदेशस्तरी छनोट खेलमा सुर्खेत विजयी भएको छ । आइतबार सल्यान र सुर्खेतबीच भएको छनोट प्रतियोगिताको फाईनल खेलमा सुर्खेत २ विकेटले विजयी भएको हो । टस जितेर पहिले ब्याटिङ गरेको सल्यानले २९२ ओभरमा आफ्नो ३० विकेट गुमाएर १५८ रन बनाउन सफल भएको थियो ।

फाईनल खेलमा सुर्खेतका रविन्द्र ४५ रन र ३ वीकेटसहित म्यान अफ दि म्याच घोषित भएको सुर्खेत जिल्ला क्रिकेट संघका अध्यक्ष श्रीधर केसीले जानकारी दिए। प्रदेशस्तरीय छनोट प्रतियोगितामा विजयी भएको सुर्खेतको क्रिकेट टिमले काठमाडौंमा कात्तिक १३ गते हुने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी हुनेछ।


तपाईको प्रतिक्रिया