
सुर्खेत – शनिबारदेखि नेपाली हिन्दुहरूको दोस्रो ठूलो पर्व तिहार अर्थात यमपन्चक शुरु भएसँगै कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा दिपावली र लक्ष्मीपूजाको किनमेल गर्नेको भिडभाड लाग्न थालेको छ । कर्णालीमा दिपावली र लक्ष्मीपूजा निक्कै धुमधामका साथ मनाइने परम्परा छ ।

दिपावली र लक्ष्मीपूजालाई लक्षित गरी झिलीमिली बत्ती, माटोका दियो र कलश, देवी लक्ष्मीको मुर्ती, ढाका टोपी,तस्वीर, फूलमाला, पूजन सामग्री लगायतका पसल सडक छेउ र फूटपाथ मै थापिएका छन । दिपावलीमा भगवानलाई प्रसाद चढाउने र आफैँ पनि खाने भएकाले मिठाइ पसलहरूमा पनि ग्राहकको घुईचो लागेको छ । अब भाईटीका आउन केहीदिन मात्रै बाँकी छ ।






तस्विर : विनय भट्टराई


दर्शन खबर । ७ कार्तिक २०७९, सोमबार