काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको घोषणापत्र सार्वजनिक कार्यक्रम सरेको छ । सोमबार विहान प्रेस विज्ञप्ति जारी गरेर कांग्रेसले सङ्कल्प पत्र सार्वजनिक कार्यक्रम स्थगन गरिएको जानकारी गराएको हो ।
विज्ञप्तिमा भनिएको छ प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ नेपाली कांग्रेसको सङ्कल्प पत्र नेपाली कांग्रेसका सभापति एवं सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाबाट २०७९ कार्तिक ७ गते बिहान १०ः३० बजे सार्वजनिक गरिने भनिएकोमा उक्त कार्यक्रम अर्को सूचना नहुञ्जेलसम्मका लागि स्थगन गराएको छ ।


दर्शन खबर । ७ कार्तिक २०७९, सोमबार