सल्यान। सल्यानमा जिप दुर्घटनामा परेको छ । दाङ्गको तुलसीपुरबाट रोल्पाको सिमपानी तर्फ जादैँ गरेको लु १ ज १४२४ नम्बरको भाडाको सफारी जिप उकालो चढ्न नसकेर ब्याक भई कपुरकोट गाउँपालिका १ सारपानी खाेरबारे स्थित भित्री कच्चि सडक खण्डमा दुर्घटनामा परेको हो । उक्त दुर्घटनामा परि ३ जना गम्भिर र ५ जना सामान्य घाईते भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । गम्भिर घाईते हुनेहरुमा सल्यानको त्रिवेणी गाउँपालिका २ सिमखोलाकी अन्दाजी ४२ वर्षिय निम वुढा, सोही ठाउँकै २५ वर्षिय रिमा कुमारी वुढा र रोल्पाको त्रिवेणी गाउँपालिका ४ सिमपानी की १२ वर्षिय प्रगति घर्ति मगर रहेको प्रहरीले जनाएको छ ।
यस्तै सामान्य घाईते हुनेहरुमा सल्यानको त्रिवेणी गाउँपालिका २ सिमखोलाका ४८ वर्षिय खडक बहादुर वुढा, रोल्पाको त्रिवेणी गाउँपालिका ४ सिमपानी की २२ वर्षिय झरना घर्ति, सोही ठाउँकै ५४ वर्षिय बम बहादुर घर्ति,४६ वर्षिय रणबिर घर्ति र ५१ वर्षिय गंगा प्रसाद राणा रहेको प्रहरीले जनाएकोे छ । घाईतेहरुलाई उपचारको लागि दाङ्गको तुलसीपुर पठाउने कार्य भईरहेको छ ।
जिप चालक दाङ्गको तुलसीपुर उपमहानगरपालिका ३ डाडाकुटि बस्ने ३० वर्षिय प्रेम बहादुर वलि प्रहरीको नियन्त्रणमा रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । जिप सडकदेखि अन्दाजी ४५ मिटर तल खसेर बाँसको झाङमा अड्किएकाे छ ।


दर्शन खबर । ६ कार्तिक २०७९, आईतवार