जाजरकोटमा देउसीभैलो बिहान ७ देखि राति ९ बजेसम्म मात्रै खेल्न पाइने

जाजरकोट – जिल्ला प्रशासन कार्यालय जाजरकोटले बिहान ७ बजेदेखि राति ९ बजेसम्म मात्रै देउसी भैलो सञ्चालन गर्न आग्रह गरेको छ ।
प्रशासनले आईतवार एक सुचना जारी गर्दै तिहारको समय र आसन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ लाई मध्यनजर गर्दै जिल्ला भित्र लाग्ने मेला तथा पर्वहरु बेलुका ८ बजेसम्म मात्र सञ्चालन गर्न प्रशासनले अनुरोध गरेको सुचनामा उल्लेख गरिएको छ । यस्तै प्रमुख जिल्ला अधिकारी अन्जन न्यौपानेले सूचनाको अवज्ञा गरेको खण्डमा कानुन बमोजिम कारबाही हुने समेत दर्शन खबरलाई जानकारी दिए ।

प्रशासनले उक्त कार्य नगर्नका लागि जिल्लाका सम्पूर्ण नागरिक, समाजसेवी, व्यापारी, उद्योगी, राष्ट्रसेवक, विद्यार्थी, पत्रकार तथा सर्वसाधारणलाई अनुरोध समेत गरको हो। यदी कसैले सुचनाको अवज्ञा गरि कानून विपतिका कार्यहरु गरे वा गरेको पाईएमा प्रचलित कानून बमोजिम कडा कारबाही गरिने न्यौपानेले जानकारी दिए।

 


तपाईको प्रतिक्रिया