
विनोद घिमिरे सुर्खेत । गत कात्तिक दुई गतेदेखि भेरीगंगा नगरपालिका र उपभोक्ता हित संरक्षण समितिले चाडपर्वलाई लक्षित गरी बजार अनुगमन सुरु ग¥यो । भेरीगंगा नगरपालिका ६ झिङ्नी बजारबाट अनुगमन सुरु गरेको समितीले तीन दिनसम्म नियमित ठूला साना बजारहरुको अनुगमन ग¥यो । अनुगमनको नेतृत्व भेरीगंगा नगरपालिका र उपभोक्ता हित संरक्षण समितिले गरेपनी पशु शाखा, कृषि शाखा, इलाका प्रहरी कार्यालय छिन्चु, र उद्योग बाणिज्य संघ भेरीका प्रतिनिधीहरुले संयूक्त रुपमा बजार अनुगमन गरे । गत शुक्रबारसम्म गरिएको अनुगमनबाट एक लाख भन्दा बढी म्याद नाघेका खाद्य वस्तु तथा बिउ बिजन, बिषादी, पशुपंक्षीको औषधीहरु नष्ट गरीएको छ ।
उपप्रमुख तथा उपभोक्ता हित संरक्षण समितिको संयोजक धनसरा बोहोराका अनुसार झिङनी, जहरे, रामघाट र छिन्चुका एक सय सात पसलहरुको संयूक्त अनुगमन गरिएको र पसलहरु बाट म्याद नाघेका, लेवलिङ्ग नगरेका, मुल्यसूची नभएका अघिकांश खाद्यवस्तु तथा बिउ बिजन, बिषादी, पशुपंक्षीको औषधीहरु, रङ्गहरु प्रयोग गरि बनाईएको खान अयोग्य मिठाई,जेरि, पेय पदार्थ लगाएत नष्ट गरिएको छ ।
तिहार , छठ जस्ता ठूला चाडपर्व आउँदै गर्दा बजारमा ठूलो मात्रामा म्याद गुज्रिएका सामान बिक्री वितरणका लागि आएको हुनसक्ने भएकाले उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै बजार अनुगमन गरिएको उद्योग तथा सहकारी शाखा प्रमुख एवं बजार अनुगमन टोलीको संयोजक चित्रा डांगीको भनाई छ । पसल दर्ता, नवीकरण गरेको वा नगरेका, मुल्युसूची राखे नराखेको लगायतका कुराहरुलाई ध्यानमा राखी बजार अनुगमन गरिएको थियो ।


दर्शन खबर । ६ कार्तिक २०७९, आईतवार