नवलपरासी। पुर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका ११ मा शनिवार राति बस दुर्घटना भएको छ । काठमाडौंबाट धनगढी जाँदै गरेको ना ७ ख ४१५ नम्बरको बस ब्रेक फेल भई सडकबाट दाहिने साइडमा पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
उक्त दुर्घटनामा परि २३ घाईते भएका छन् । घाईतेहरुको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेकोे छ । गम्भीर घाईते पाँच जनालाई थप उपचारका लागि भरतपुर पठाइएको छ भने अन्य सामान्य घाईतेहरुलाई उपचार पश्चात डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ । बसमा सवार ५० जना रहेकाे बताइएकाे छ ।


दर्शन खबर । ६ कार्तिक २०७९, आईतवार