गठबन्धनको चुनावी भेला आज सुर्खेत र धनगढीमा

सुर्खेत । सत्तारुढ गठबन्धनको चुनावी भेला आज दुई प्रदेशका दुई ठाउँमा आयोजना गरिएको छ। शुक्रबारदेखि प्रदेशस्तरीय संयुक्त भेला गरेको गठबन्धनले प्रदेश १, मधेश,गण्डकी र लुम्बिनी प्रदेशमा भेला गरिसकेको छ भने आज (आईतवार) सुदूरपश्चिम प्रदेशको धनगढी र कर्णाली प्रदेशको सुर्खेतमा तथा भोली ७ गते काठमाडौंमा संयुक्त भेला गर्ने तयारी रहेको छ।

‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ नारा दिएर गठबन्धनले सबै प्रदेशमा संयुक्त चुनावी सभाको आयोजना गरेको हो। कार्यक्रमलाई सम्बोधन गर्न आज (आईतवार)प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। गठबन्धनको संयुक्त चुनावी अभियानपछि दलहरू पार्टीको चुनावी अभियानमा सरिक हुने छन्।


तपाईको प्रतिक्रिया