
सुर्खेत। मेहेलकुना वजार व्यवस्थापन समितिले बैँकहरुलाई ज्ञापनपत्र वुझाएको छ । समितिले चाडपर्वको समयमा २४ सै घण्टा एटिएम सञ्चालन राख्न मेहेलकुनाका तिनवटा बैँक राष्ट्रिय वाणिज्य बैँक,ग्लोबल आईएमई र कुमारी बैँकलाई ज्ञापन पत्र वुझाएको हो । विगतका वर्षहरुमा एटिएमहरु बन्द हुँदा तथा एटिएममा पैँसा मौज्दात नहुँदा आम सर्वसाधारण नागरिकहरुले हर्षोल्लासका साथ चाडपर्व मान्न नपाएको जनगुनासो आएपछि समितिले ज्ञापन पत्र बुझाईएको हाे।
चाडपर्वको समयमा एटिएमलाई २४ सै घण्टा सञ्चालनमा ल्याउन साथै पैसाको कमी हुन नदिन एटिएमको क्षमता बमोजिमको पैँसा मौज्दात गरिदिनहुन सम्पुर्ण बैँकहरुलाई अनुरोध गरेको मेहेलकुना बजार व्यवस्थापन समितिका अध्यक्ष रीमराज मल्लले दर्शन खबरलाई जानकारी दिए ।


दर्शन खबर । ६ कार्तिक २०७९, आईतवार