धनन्जय सहकारीको १६ औँ साधारणसभा सम्पन्न, अध्यक्षमा पुनः पंगाली


सुर्खेत । धनन्जय बहुउद्देशीय सहरकारी संस्था लिमिटेड वीरेन्द्रनगरको १६ औँ बार्षीक साधारणसभा सम्पन्न भएको छ । शनीबार वीरेन्द्रनगरमा सम्पन्न भएको साधारणसभामा संस्थाले आर्थिक वर्ष २०७८÷०८९ मा गरेका कार्यक्रमहरु तथा प्रगती विवरण प्रस्तुत गरिएको थियो । संस्थाले स्थापना भएदेखी गत आर्थिक वर्ष सम्ममा ४ करोड १९ लाख ५२ हजार ६ सय ६३ रुपैँया बराबरको कारोबारो गरेको संस्थाका कोषाध्यक्ष दयाराम पंगालीले प्रस्तुत गरेको प्रगति विवरणमा उल्लेख गरीएको छ । संस्थाले समग्रमा कारोबार १३ प्रतिशतले वृद्धी गर्न सफल भएको छ । संस्थाले आर्थिक वर्ष २०७९÷०८० मा दिगो विकासको लक्ष्य प्राप्तीमा सघाउ पुग्ने गरी नेपाल सरकारको सुखी नेपाली समृद्ध नेपालको नारालाई टेवा पु¥याउने गरी कार्यक्रमहरु संचालन गर्ने, सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत जेष्ठ नागरीक सम्मान कार्यक्रम, हौसला कार्यक्रम, भरोसा तथा उत्प्रेरणा कार्यक्रम, विपत् व्यवस्थापन कार्यक्रम, कृषी पशु व्यावसाय प्रवर्दन योजना, सुशासन तथा संस्थागत विकास कार्यक्रम जस्ता कार्यक्रमहरु संचालन गर्ने निती लिएको संस्थाका अध्यक्ष भलाराम पंगालीले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथी रहेकी वीरेन्द्रनगर नगरपालिकाकी नगर प्रमुख मोहनमाया ढकालले सहकारी संस्थाले उत्पादनमुखी योजनाा बनाउनु पर्नेमा जोड दिईन् । संस्थाका शेयर सदस्यहरुलाई संस्थाले स्थानिय उत्पादनमा प्रोतसाहान गर्न आवश्यक रहेको बताईन् । सहकारी संस्थाले उत्पादनमुखी योजनाहरु बनाएको खण्डमा नगरपालिकाले पनी सहकारीसंग सहकार्य गर्न नगरपालिका तयार रहेको उनको भनाई रहेको थियो ।

यस्तै कार्यक्रमका विषेश अतिथी रहेका जनहितकारी सहकारी संस्थाका अध्यक्ष हरीहरनाथ योगीले सहकारीको निती, नियम र विधान अनुसार सहकारी संचालन हुन आवश्यक रहेको बताउँदै संस्थाको प्रगतीको कामना व्यक्त गरे ।
यसैविच धनन्जय बहुउद्देशीय सहकारी संस्थाको ११ सदस्यीय नयाँ संचालक समिती समेत चयन गरिएको छ । जसको अध्यक्षमा भलाराम पंगाली, उपाध्यक्ष डिला धमला, सचिव देवेन्द्र शर्मा, कोषध्यक्ष दाराम पंगाली, सदस्यहरु याम प्रशाद शर्मा, हरीभक्त पंगाली, प्रकाश कुमार सापकोटा, भरत कुमार पन्त, शंकर रिजाल, चन्द्रा भण्डारी न्यौपाने र यामुना चालिसे निर्वाचित भएका छन् । यस्तै मणीराम लामीछानेको संयोजकत्वमा ३ सदस्यीय लेखा समिती समेत चयन गरिएको को छ । जसको सदस्यहरुमा ओम प्रशाद शर्मा र कृष्ण प्रशाद जैसि रहेका छन् ।
संस्थाका अध्यक्ष भलाराम पंगालीको अध्यक्षतामा भएको साधारणसभामा वीरेन्द्रनगर नगरपालिकाकी नगर प्रमुख मोहनमाया ढकाल, जनहितकारी सहकारी संस्था सुर्खेतका अध्यक्ष हरीहरनाथ योगी, संस्थाका कानुनी सल्लाहकार दुर्गा प्रशाद सापकोटा, पुस्तक व्यावसायी संघ कर्णालीका अध्यक्ष कमलमणी नेपाल, प्रदेश आयुर्वेद औषधालयका प्रमुख डाक्टर शंकर रिजाल लगाएत संस्थाका शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।


तपाईको प्रतिक्रिया