भेरीगंगामा कोपोमिस प्रणाली सम्वन्धी २ दिने तालिम सुरु


सुर्खेत । सहकारीहरुको एकीकरणका लागी कोपोमिस प्रणाली सम्वन्धी दुईदिने तालिम भेरीगंगाको छिन्चुमा सुरु भएको छ । भेरीगंगा नगरपालिका उद्योग विकास तथा सहकारी शाखाको आयोजनामा शनिबारदेखि  सुरु भएको तालिममा कोपोमिस प्रणालीको संचालन, प्रयोग र यस प्रणली मार्फत काम गर्दा हुने सहजताको विषयमा सहकारीका प्रतिनिधीहरुलाई जानकारी दिईने छ । सबै सहकारीहरुलाई कोपोमिस प्रणाली संचालन प्रक्रियाका बारेमा सिकाईने छ । कोपोमिस प्रणलीबाट सहकारीहरुको प्रतिवेदन संकलन गर्न सहज हुने र यस प्रणालीमा आवद्ध नभएका सहकारीहरुको कर दाखिला समेत नहुने भएका कारण यस प्रणाली सम्वन्धी तालिमको आयोजना गरिएको भेरीगंगा नगरपालिका उद्योग विकास तथा सहकारी शाखाकी फोकल पर्सन चित्रा डाङ्गीले दर्शन खबरलाई जानकारी दिईन् ।
यस प्रणालीमा आवद्ध भए पश्चात ७७ वटै जिल्लाहरुका सहकारीहरुको विवरण चाहेको बेला हेर्न सकिने र सहकारी संस्थाहरुलाई व्यवस्थीत रुपमा संचालन गर्न सहज हुने भएका कारणले गर्दा तालिमको आयोजना गरिएको डाङ्गीले जानकारी दिईन् । दुई दिने तालिमको सहजीकरण नेप्सकुनका प्रविधी अधिकृत प्रविण अधिकारीले गरेका छन् ।

 

भेरीगंगा नगरपालिकाका नगर प्रमुख यज्ञ प्रशाद ढकालले यस कोपोमिस प्रणालीमा आवद्ध हुन भेरीगंगाका सबै सहकारीहरुलाई आग्रह गरे । यस प्रणाली आवद्ध हुन नसक्ने सहकारीहरुलाई आवश्क्ताको आधारमा नगरपालिकाले सहयोग गर्ने बताउँदै नगर प्रमुख ढकालले सहकारी क्षेत्रको प्रवर्दनका लागी नगरपालिकाले सहयोग गर्ने बताए । भेरीगंगाका सहकारीहरुमा कोपोमिस प्रणाली लागु गरिए संगै पालिकाका सहकारीहरुको संजाल निर्माण गर्न समेत नगरपालिकाले पहल गर्ने नगर प्रमुख ढकालले बताए ।
तालिममा भेरीगंगा नगरपालिकाका नगर प्रमुख यज्ञ प्रशाद ढकाल, उपप्रमुख धनसरा बोहरा, प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रशाख पोख्रेल, अन्य जनप्रतिनिधीहरु, भेरीगंगा नगरपालिका कार्यक्षेत्र बनाई संचालन भएका सहकारीहरुका प्रतिनिधी, उद्योग विकास तथा सहकारी शाखामा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया