जाजरकोटमा ८ सय बढि म्यादी परिचालन गरिने

कुलेन्द्र शाही जाजरकोट । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि जाजरकोटमा ८ सय ६० म्यादी प्रहरी परिचालन गरिने भएको छ । अहिले यि म्यादी प्रहरीहरुले तालिम लिईरहेका छन । प्रहरी नायव उपरिक्षक सन्तोष निरौलाका अनुसार कार्यालयले माग गरेका म्यादी प्रहरी ८ सय ६० जना छनोट गरेर तालिम दिने कार्य भईरहेको छ ।

छनोट भएका सवै म्यादी प्रहरीहरुलाई एकै सिफ्टमा तालिम प्रदान भईरहेको बताईएको छ । छनोट भएका म्यादी प्रहरीलाई शनिवार सातौँ दिनको तालिम दिइएको हाे । उक्त तालिम कात्तिक ८ गतेसम्म सञ्चालन हुने छ । छनोट भएका म्यादीहरुमा ६ सय २ जना पुरुष र २ सय ८ जना महिला रहेका छन । तालिम पंश्चात म्यादीलाई मतदान केन्द्रका लागि खटाउने कार्य हुने छ । यस पटकको निर्वाचनका लागि जाजरकोटमा ८ सय ६० म्यादी आवश्यक पर्ने भएपनि अन्तिम दिनसम्म १ हजार ६१ जनाको आवेदन परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नविन चुडालीले बताए ।


तपाईको प्रतिक्रिया