वीरेन्द्रनगरमा भोली सत्ता गठबन्धनको चुनावी सभा हुदैँ


सुर्खेत । सत्ता गठबन्धनको चुनावी सभा भोली सुर्खेतको वीरेन्द्रनगरमा हुने भएको छ ।
गठबन्धनले पूर्वनिधारित कार्यक्रम अनुसार आईतबार सुर्खेतको वीरेन्द्रनगरमा हुने भएको हो । सभालाई सम्बोधन गर्न प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहितका नेताहरु सुर्खेत आउन लागेका नेकपा माओवादी जिल्ला कमिटी सुर्खेतका संयोजक जित बहादुर रानाले दर्शन खबरलाई जानकारी दिए । आईतवार दिउसो २ बजेदखी कार्यक्रम सुरु हुने रानाले जानकारी दिए ।
‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ नारा दिएर गठबन्धनले सबै प्रदेशमा संयुक्त चुनावी सभाको आयोजना गरीरहेको छ ।

तपाईको प्रतिक्रिया