बाङ्गेसिमलबाट अवैध काठ सहित एक प्रकाउ


सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले अवैध काठ सहित एक जनालाई प्रकाउ गरेको छ । शुक्रवार विहान ५ बजेको समयमा वीरेन्द्रनगर १ बाङ्गेसिमलबाट वीरेन्द्रनगर वजारतर्फ ल्याउदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०३२३ नम्बरको मिनिट्रकमा १ सय ३० दशमलव २८ क्युफिट सालको अवैध काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । अवैध काठ तस्करी भईरहेको भन्ने गोप्य सुचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत, जिल्ला प्रहरी कार्यालय सुर्खेत र प्रहरी चौकी बाङ्गेसिमलबाट खटिएको प्रहरी टोलीले गाडी चालक शुभकालिका गाउँपालिका ३ कालिकोट घर भएका २१ वर्षिय नरेन्द्र बहादुर शाहीलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय वीरेन्द्रनगर सुर्खेतमा पठाईएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

सम्वन्धीत भिडियाे रिपाेर्ट

तपाईको प्रतिक्रिया