निर्वाचन आयोगलाई ४८ मध्ये ३० स्पष्टीकरणको मात्र जवाफ

काठमाडौं – निर्वाचन आयोगले ४८ वटा स्पष्टीकरण मागेकोमध्ये ३० वटाको मात्र जवाफ प्राप्त भएको जनाएको छ। आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले शुक्रबारसम्म ३० वटाको मात्र जवाफ आएको जानकारी दिएका हुन्।

हामीले विभिन्न राजनीतिक दलका उम्मेदवार, संघसंस्था, कार्यालयसमेत गरी ४८ वटा स्पष्टीकरण मागेका छौँ’, उनले भने, ‘त्यसमध्ये ३० वटाको जवाफ प्राप्त भएको छ।’ आयोगले स्पष्टीकरणको जवाफका आधारमा थप कारबाही गर्ने उहाँको भनाइ छ।

आयोगले शुक्रबार नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासँग २४ घण्टे स्पष्टीकरण मगेको छ। शर्माविरुद्व आगलागी पीडितलाई पैसा वितरण गरेको भन्दै उजुरी परेपछि आयोगले स्पष्टीकरण मागेको हो।

झापा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार शर्मालाई आयोगले आगलागी पीडित केवल निरौलाको घर निर्माणको लागि अमेरिकाबाट मुनिन्द्र नेम्वाङको नेतृत्वमा जम्मा भएको दुई लाख ५० हजार रुपैयाँ हस्तान्तरण गर्दै गरेको फोटो सार्वजनिक भएको थियो। थाहा

तपाईको प्रतिक्रिया